SSHL 215 0.8 ILI 483.5 -2.5 DDBL 916.2 3.1 SBI 482.9 -6 JFL 655 6 RLFL 625 6.9 NHDL 570 0 PRVU 248 -10 IHL 499 -1 NGPL 472 -2.9 GMFIL 623 1 BHL 440 -13 SMFBS 1505.2 6.2 NLG 1317 2 SBD87 1048 11.9 MKHL 493 -6 NMLBBL 769 -11 SINDU 667 -6 MPFL 751 5 BEDC 470 0 AVYAN 909 -6 GBBLPO 205 0 ALBSL 1040 -4 HURJA 220 -4.6 RMF1 9.15 -0.1 ANLB 4453.1 47 KPCL 493 -0.8 NICD83/84 1062 -19 NLIC 814 -13.4 NMFBS 1435 1 HBL 260 -13 BNHC 466.9 0.7 KDBY 9.21 -0.23 SHPC 525 -3.9 CHDC 1684 -35.9 GBBL 447 -6 AHPC 267 -0.6 LBBLD89 1208.5 23.5 WNLB 2650 -80 HBLD83 1056.3 0.3
×
उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो । 

सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । 

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने भएको छ । 

संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारण सभाले पारित गर्नुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस