ENL 1102 -18 SHLB 1886.9 1.9 EBLD86 1040 -2 NABBC 631 -12 SANIMA 326 -10.2 CMF1 10.5 -0.2 SMATA 875 -16 HRL 861 -4 SPL 813 -12.1 MERO 760 0.5 NIBLSTF 8.68 0 CCBD88 1123.1 6.1 KSBBLD87 1093.4 18.4 TAMOR 482.9 -2.1 EBL 605 5 LLBS 1050 5 NYADI 305.4 -6.6 SDBD87 1035 4 USHEC 523 -7 MEHL 380.1 -19.9 NTC 980.1 -2.4 SLCF 9.21 -0.1 MKHL 493 -6 PBLD87 1028 -2 RMF2 9.21 -0.13 MLBSL 2000 -26 CORBL 958.8 -10.2 NESDO 2229 -18 MEN 631.1 -3.9 JFL 655 6 NIBSF2 8.9 0.08 BOKD86 1040 18 CLI 634 -4.9 RADHI 397.9 7.9 NRIC 803 -5 UAIL 639 -1 NIMB 241.9 -9.1 NIFRA 280 -5 UNLB 2527 -3.9 RIDI 235 0
×
देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधै एक ठाउमा आउछन्- योगेश भट्टराई



काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउमा आउने गरेको बताएका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउमा आएको बताएका हुन् ।

देश आर्थिक रुपमा संकटमा रहेको, संबिधानका केहि विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।

उनले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफुहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल शुरु गरेको आरोप लगाए ।

उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउदै संबैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नुनै सहि निर्णय हुने बताउदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरेका थिए ।

सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस