USHEC 523 -7 UNLB 2527 -3.9 MDB 630 -3.8 CYCL 1540 -7 NIMB 241.9 -9.1 NICGF 10.56 -0.28 PSF 9.51 -0.09 LSL 253.5 -5.5 KBLD86 1115 0 NICFC 8.97 -0.33 LEC 276.8 -6 AHPC 267 -0.6 SHLB 1886.9 1.9 AKJCL 209 -3 HBLD83 1056.3 0.3 AVYAN 909 -6 BARUN 379 -6.1 API 289.5 2.5 ACLBSL 1035 0 NLIC 814 -13.4 HLI 472 -4 NLICL 606 -4 PBD84 1065 1.7 BGWT 934.9 -21.1 SFEF 9.29 0.22 BOKD86 1040 18 SAPDBL 569.6 -7.4 BPCL 449 -7 SPL 813 -12.1 GRDBL 743 5 MSLB 1564 -70 SAGF 9.31 0.01 EDBL 645 -1.9 MNBBL 395.8 -0.8 OHL 925 -9 JBBL 351 -3.1 PRSF 9.54 -0.11 MSHL 938 3 RBCLPO 12300 88 NBF3 9.04 0.17
×
निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् ।

डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफु मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् ।

उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफुले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छन् ।

यस अघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा  डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारवाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए ।

बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।

    

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस