SHL 512 -4.5 MFLD85 1050 -20 RSDC 735 0 ACLBSL 1035 0 SMFBS 1505.2 6.2 LSL 253.5 -5.5 AVYAN 909 -6 GBIME 256.1 -4.4 CZBIL 242 -10 RMF1 9.15 -0.1 ULHC 390 -7.9 SIFC 628 10 BNHC 466.9 0.7 UAIL 639 -1 SCBD 1111 6 CCBD88 1123.1 6.1 NICLBSL 705.5 -7.5 RURU 740 -9.8 MANDU 885 -14 ALICL 714.5 -1.2 SBD87 1048 11.9 KPCL 493 -0.8 NMBMF 695 -10 SHPC 525 -3.9 MHNL 265.5 -0.5 GBILD86/87 1030 4 NYADI 305.4 -6.6 NHPC 220.1 0 MHCL 410 -7 MEN 631.1 -3.9 SAGF 9.31 0.01 SWMF 812 -13 MBL 255 -4 HATHY 1322 13 KMCDB 1027.8 -11.1 NLIC 814 -13.4 JOSHI 305 -6.8 MKHL 493 -6 ENL 1102 -18 SEF 9.51 -0.24
×
नेपाल सुनचाँदी व्यवसायी महासंघको अधयक्षमा रसाईली निर्वाचित 



न्युज कारखाना, काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् ।

शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्धन्दी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी केश बहादुर सुनारले १५९ मत प्राप्त गरेका छनु । द्धितिय उपाध्यक्षमा बुद्धि बहादुर वि.के दियालीले २६४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका प्रतिद्धन्दी मान ब.विश्वकर्मा(एम.वि)ले १६६ मतमा चित्त बुझाउन प-र्यो । तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला)ले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा किरणभाइ बज्राचार्यले २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन प¥र्यो । कोषाध्यक्षमा सुदिप श्रेष्ठले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी सुबिन बज्राचार्यले १८४ मत प्राप्त गरेका छन् ।

सचिव दुई जनामा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेद्वार २६१ दियालीले मत पाएका थिए । उनीहरुका प्रतिद्धन्दी भीमबहादुर सुनारले १५६ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राजेन्द्र विश्वकर्माले १६७ मतमा चित्त बुझाउन प-र्यो । त्यस्तै सहकोषाध्यक्षमा पद्म सुन्दर शाक्य २६३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी किसन मास्केले १५७ मत प्राप्त गरेका छन् ।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजे सम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए। २०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाईली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए ।

नवनिर्वाचित अध्यक्ष रसाईली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्य समेत रहेका थिए । २०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाईलीलाई मिलेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस