×
हकप्रद निष्कासन गर्न लागेको नारायाणी डेभलपमेन्ट बैंकको इपिएस ऋणात्मक , यस्तो छ वित्तीय अवस्था।



नारायाणी डेभलपमेन्ट बैंकले पछिल्लो समय नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएको छ ।

हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएलगतै कम्पनीको शेयर मुल्यमा भारि उछाल आएकोथियो ।  कम्पनीले मंसिर ३ गते धितोपत्र बोर्डबाट शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको हो । कम्पनीले असार ४ गते उक्त हकप्रद शेयर विक्री गर्नको लागि अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।Screenshot 2021 11 23 085154 हकप्रद निष्कासन गर्न लागेको नारायाणी डेभलपमेन्ट बैंकको इपिएस ऋणात्मक , यस्तो छ वित्तीय अवस्था।

कम्पनीले २०७७ साल माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । निस्कासनको अनुमति पाएसँगै कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री गर्नेछ ।

गत वर्ष  रू. ३२ करोड ५७ लाख ७२ हजार कुल सम्पत्ति रहेको उक्त कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल सम्पत्ति रू. ३५ करोड २१ लाख ३४ हजार पुगेको  छ । पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १७ करोड ८ लाख ४४ हजार रहेको छ भने शेयर प्रिमियममा रू. २९ लाख ५६ हजार छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ९ लाख ११ हजार खुद नोक्सानी व्यहोरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ४७ लाख ४ हजार खुद नोक्सानीमा थियो ।  पहिलो त्रैमाससम्म बैंकको प्रति शेयर आम्दानी भने रू. २ दशमलव ७८ ऋणात्मक रहेको छ भने  प्रतिशेयर नेटवर्थ रू. ६५ दशमलव ३९ रहेको छ ।

हकप्रदको खबरले कम्पनीको शेयर १०३१ सम्ममा कारोबार भएको थियो भने सोमवारको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ दशमलव ६० ले घटेर अन्तिम मूल्य रू. ९४९ कायम भएको छ ।  यस दिन कम्पनीको रू. ३ करोड ६५ लाख १ हजार ९०४ बराबरको ३७ हजार ७९३ कित्ता शेयर खरदिविक्री भएको छ ।

राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद निष्काशन गर्न कम्पनीलाई स्वीकृति दिएसँगै सोही अनुपातमा हकप्रद निष्कासनको स्वीकृति कम्पनीले पाएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस