१८ बर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन

मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् ।

प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन् । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए ।

त्यस्तै इलाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बू विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरेका छन् । लिम्बू जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य समूहबाट प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए ।

उनको निकटम प्रतिस्पर्धी लक्षमण राईले एक सय सात मत पाए । उनी पूर्व जिल्ला सभापति केशव थापा निकट हुन् । त्यस्तै, लक्षमण कार्कीले ८८ मत पाएका छन् । कार्की जिल्ला सभापतिका आकांक्षी डम्बर खड्का समूहका उम्मेदवार हुन् । प्रदेश सभा क्षेत्र निर्वाचन क्षेत्रको सभापतिका अर्का प्रत्यासी सुवास आङथुपो सुब्बाले ६९ मत प्राप्त गरे । उनी जिल्ला सभापति हिमालय कर्मचार्यको प्यालनबाट उम्मेदवार बनेका थिए ।

उपसभापतिमा पदमा केशर लिम्बू र हरिप्रसाद कोइराला विजयी भएका छन् । लिम्बूले दुई सय ५९ र कोइरालाले दुई सय १४ मत प्राप्त गरेका छन् । चार प्रतिस्पर्धीमध्ये पुष्पराज कार्की एक सय ५३ र हेमनारायण श्रेष्ठ राजनले एक सय १६ मत पाएका छन् ।

सचिवमा धनबहादुर लिम्बू भीमबहादुर मगर निर्वाचित भएका छन् । लिम्बूले एक सय ९९ र मगरले एक सय ९१ मत प्राप्त गरेका छन् । पाँच प्रतिस्पर्धीमध्ये तुलसीकुमार बुढाथोकीले एक ४५, लोकेश अधिकारी एक सय ४२ र दिपक गौतमले ८७ मत प्राप्त गरेका छन् ।

सहसचिवमा सदेश राई र चन्द्र फियाक लिम्बु निर्वाचित भएका छन् । राईले दुई सय ६७ र लिम्बुले दुई सय २४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी भेषराज पराजुलीले एक सय ८८ मत पाएका छन् ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।