ICFC 823.9 74.9 SHL 512 -4.5 KBSH 2386 -9 LVF2 9 0 MBLD2085 1085 6.5 SMB 1809 4 JSLBB 1513.9 38.9 RHPL 364 -5.2 SHLB 1886.9 1.9 JFL 655 6 PBD85 1079.9 19.9 ACLBSL 1035 0 SPIL 853 -18 KDL 1059 16 KMCDB 1027.8 -11.1 API 289.5 2.5 SBID83 1098 8.7 SMFBS 1505.2 6.2 AKJCL 209 -3 SAPDBL 569.6 -7.4 BBC 4255 50 EBLD86 1040 -2 NICLBSL 705.5 -7.5 NBF2 9.15 -0.05 SWBBL 1065 2.1 SFCL 704.1 63.6 JOSHI 305 -6.8 KBLD86 1115 0 SGIC 641.2 -4.8 SINDU 667 -6 LBBLD89 1208.5 23.5 CMF2 9.21 -0.1 MKCL 1497 -26 NLO 242.1 0 MDB 630 -3.8 SMJC 574 -6 UPPER 214.2 -1.8 MATRI 1405 -8 NMFBS 1435 1 NMB50 10.3 0.05
×
डोल्पामा प्रतिव्यक्ति पाँच पोका नुन मौज्दात



डोल्पामा आयोडिन यूक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकोले डोल्पामा नुनको अभाव भएको हो ।

अहिले सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकाम स्थित डिपोमा ४९० क्वीन्टल आयोडिनयूक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए । उनको अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो ।

जिल्ला भरीका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन आइने भएपछि प्रतिव्यक्ति मुस्किलले ५ पोका दिने गरेको प्रमुख धामीले बताए । सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपोहरु रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्ष देखि एक पोका नुन ढुवानी भएको छैन । चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि पाँच वर्ष देखि नुन ढुवानी हुन नसकेको धामीले बताए ।

गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकाम स्थित डिपोमा नुन लिन पुग्दा समस्य भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयबासी राजिमान बुढाले बताए । बुढाले भने , ‘ नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातीर छ भने अर्को तीर सदरमुकाम दुनै स्थित साल्ट ट्रेडिङले प्रति परिवार २ पोकाका  दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको २ पोका नुन खरिद गर्न दुईदेखि तीन हजार रुपैयाँ सम्म खर्च हुने हुने गर्छ ।’

यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोको अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । यी पाँच वटै विक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताए । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए ।

यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभरि नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल विक्री केन्द्रबाट ५० क्विन्टल नुन ल्याउन लागेको बताए । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले बताए । लिकु , सर्मी , तिज्ने  लगाएतका डिपोमा एक पोका नुन नभएको कार्यालय प्रमुख धामीले बताए । सदरमुकाम देखि बाहिरका डिपोमा कर्मचारीसमेत नभएको अवस्थामा रहेको छ । ठेकेदार आफैँले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ ।

भेरी करिडोरको सडक मर्मत नभएका कारण थप ढुवानीमा समस्य हुँदै आएको छ । गाउँको डिपोमा लामो समय देखि आयोडिन यूक्त नुन नभएको पाइएको छ । सदरमुकाममा मात्र नुन राखेर जिल्ला भरी सोही नुन बिक्री हुँदै आएको छ । गाउँमा नामका मात्र डिपो भएका कारण यहाँका सर्बसाधारणले नुन नपाएका हुन् । जनप्रतिनिधिहरुले पटक ,पटक नुनको माग गर्दा पनि सुनुवाइ नभएको उपल्लो डोल्पामा जनप्रतिनिधिले बताएका छन् । डोल्पाबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले उपल्लो डोल्पाका कुरा सरकारले नसुुनेको बताए । चामल , नुन ढुवानी नभएको पाँच वर्ष भयो यो सरकारले के हेरेर बसेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस