×
सेयर बजारमा करेक्सन  , यी कम्पनीका लगानीकर्ता भने मालामाल।



साताको अन्तिम दिन बिहीबार सेयर बजारमा करेक्सन आएको छ ।

पछिल्ला तीन कारोबार दिनमा नेप्से ११२.६१ अंक बढेको थियो भने आज प्रोफिट बुक गर्न खोज्दा नेप्से घटेको हो। यस दिन नेप्से सूचक  ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा पुगेको छ । यस दिन बजारमा २२४ कम्पनीको ७० हजार ३७ पटकको कारोबारमा ६ खर्ब २७ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको ९८ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४९५ दशमलव ३० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

Screenshot 2021 11 18 155944 सेयर बजारमा करेक्सन , यी कम्पनीका लगानीकर्ता भने मालामाल।

त्यसैगरी, यस दिन नारायणी डेभलपमेन्ट बैंक र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

आजको सेयर कारोबारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । त्यस्तै शिभ श्री हाईड्रोपावर, माउन्टेन इनर्जी नेपाल, हिमालयन पावर पाटनर, गुडविल फाइनान्स, माउन्टेन हाईड्रो नेपाल कम्पनीको शेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ ।Screenshot 2021 11 18 155959 सेयर बजारमा करेक्सन , यी कम्पनीका लगानीकर्ता भने मालामाल।

सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।त्यस्तै गरि महालक्ष्मी विकास बैंक, अपर तामाकोशी हाईड्रोपावर, नेशनल हाईड्रोपावर कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, नबिल बैंक, आइसिएफसि फाइनान्स, नेपाल बङ्गलादेश बैंकको पनि अत्याधिक कारोबार भएको छ ।Screenshot 2021 11 18 160014 सेयर बजारमा करेक्सन , यी कम्पनीका लगानीकर्ता भने मालामाल।

यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.८४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस