×
Lagani
Lagani Shiksha gif
राष्ट्रिय बिमा संस्थानको नाफा ५२ दशमलव ३२ प्रतिशतले बढ्यो



राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थानले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा संथानले एक करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ५२ दशमलव ३२ प्रतिशतले बढी हो । गत वर्ष संस्थानले एक करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो ।

Lagani Shiksha gif
sharehubapk राष्ट्रिय बिमा संस्थानको नाफा ५२ दशमलव ३२ प्रतिशतले बढ्यो

समीक्षा अवधिसम्ममा संस्थानको खुद बिमा शुल्क आम्दानी पनि सात दशमलव ६३ प्रतिशतले बढेर चार अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थानले चार अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क कमाई गरेको थियो ।

समीक्षा अवधिसम्ममा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । संस्थानको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ छ । संस्थानले यस अवधिसम्ममा ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

त्यसैगरी, कम्पनीले जीवन बिमा कोषमा ३० अर्ब ४९ करोड रुपैयाँबाट बढेर ३७ अर्ब १४ करोड पुगेको छ । यस संस्थानले हासम्म सर्वसाधारणमा सेयर जारी नगरेकाले नेप्सेमा सूचीकृत भएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस