KSBBLD87 1093.4 18.4 AHL 651 2 NESDO 2229 -18 RIDI 235 0 FOWAD 1479 0 MKCL 1497 -26 SIKLES 707 -3 ENL 1102 -18 C30MF 9.74 0 RHPL 364 -5.2 HRL 861 -4 CLI 634 -4.9 MERO 760 0.5 NIBSF2 8.9 0.08 NMB 263.9 -7.1 CORBL 958.8 -10.2 SJCL 326 -3.7 USHL 783.2 -13.7 RSDC 735 0 HIDCL 270.7 -4.1 JFL 655 6 UNLB 2527 -3.9 SINDU 667 -6 ANLB 4453.1 47 ULHC 390 -7.9 SBLD84 1040 19.3 NGPL 472 -2.9 CYCL 1540 -7 SAGF 9.31 0.01 SLBSL 1398.4 21.4 SHEL 242.9 -4.7 CIT 2195 0 NIBD84 1030 -20 UMHL 308 -4 SNMAPO 190 0 MMF1 8.98 0.1 BOKD86 1040 18 BNHC 466.9 0.7 EHPL 840 7.9 NSIF2 10.52 0.02
×
शिवम् सिमेन्ट्सको खुद नाफा ५६.२१ प्रतिशतले घट्यो



शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५६.२१% थोरै हो । अघिल्लो आर्थिक वर्षमा यसले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्म सञ्चालन आम्दानी १६.२८% ले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा आए पछि खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष उक्त आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । यसका साथै कम्पनीको वित्तीय लगात पनि अघिल्लो वर्षको ६ करोड ५३ लाख रुपैयाँबाट बढेर गत असार मसान्तसम्ममा ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमासभर महंगो बैंक ब्याजदर, तरलता संकुचन, विश्व बजारमा इन्धनको अत्याधिक मूल्य वृद्धिको प्रभाव र नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङका कारण कम्पनीको समग्र उत्पादन लागत वृद्धि भएको शिवमको व्यवस्थापन पक्षले विश्लेषण गरेको छ । यसका साथै, विकास निर्माणमा आएको सिथिलता, नेपाल मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेका कारण बिक्री मूल्यमा आएको ह्रासलगायत कारणले कम्पनीको नाफा प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।

हाल शिवमको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस