


धितोपत्र बोर्डबाट लुम्बिनी विकास बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।
बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले बोर्डबाट १ हजार रुपैयाँ प्रतिइकाई दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये सर्वसाधारणका लागि ४ लाख इकाई खुला हुनेछ । बाँकी रहेको ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ। बैंकले १० वर्ष अवधिको ‘एलबीबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted