SGHC 393.6 0.1 MSHL 938 3 SWBBL 1065 2.1 LUK 9.21 -0.09 UNHPL 266 0 RMF2 9.21 -0.13 PPL 461 -2.5 PMLI 562 1 NMFBS 1435 1 SMFBS 1505.2 6.2 LEC 276.8 -6 NIBLGF 9.1 0.38 CMF1 10.5 -0.2 SADBL 419 -1 RLFL 625 6.9 LICN 1995.9 -27.1 KBLD89 1156 1 SKBBL 934 -3 LLBS 1050 5 NBF2 9.15 -0.05 SBL 345 -8.1 SHL 512 -4.5 AVYAN 909 -6 SIGS2 10.05 0 HDHPC 208.8 -4.1 SAEF 11.22 0.17 VLUCL 588 -1.9 NLG 1317 2 DHPL 242 1 GHL 218.5 -1.1 GVL 538.5 -22 CHDC 1684 -35.9 SPHL 666.9 16.9 SANIMA 326 -10.2 MHCL 410 -7 SIGS3 9.45 0.09 USHL 783.2 -13.7 EBLD86 1040 -2 NSIF2 10.52 0.02 NICA 452 -13
×
छड्के मिडिया प्रालिद्धारा २०८० सालको भित्तेपात्रो बिमोचन



छड्के मिडिया प्रालिले २०८० सालको अबसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ । छड्के मिडिया प्रालिद्धारा सञ्चालित छड्के न्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बिमोचन गरेका हुन् ।

पात्रो बिमोचन गर्दै नगरप्रमुख पन्थीले नयाँ वर्ष २०८०को शुभकामना दिँदै मिडियाले सत्य तथ्य निष्पक्ष समाचार दिनुपर्नेमा जोड दिए । उनले समुन्तीको आधार भनेकै पत्रकार रहेको बताए । समाज विकासमा संचारमाध्यमको महत्वपुर्ण भुमिका रहने उल्लेख गरे । उनले पत्रकारले जे पनि लेख्छन् भन्ने आइरहेकाले पत्रकारितको गरिमालाई सधैं जोगाइ राख्न आग्रह गरे । अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष तथा जिल्लाका अग्रज पत्रकार जनार्दन घिमिरेलाई सम्मान गरिएको थियो ।
घिमिरेलाई नगरप्रमुख पन्थी र छड्के मिडियाका अध्यक्ष मनोज कार्कीले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । घिमिरे जिल्लामा रहेर दुए दशक यता जिल्ला र राष्ट्रिय स्तरका मिडियामा अबद्ध रहेर काम गर्दै आइरहेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल आर्यालले छापा मिडिया भन्दा अनलाइन मिडिया प्रभावकारी बन्दै गएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिए । यसवर्षबाट जिल्लामा क्रियाशील पत्रकारलाई सम्मान गर्न थाली गरेकोमा राम्रो पक्ष भएको उनले बताए ।

छड्के न्यूज डटकमले गत २ वर्ष वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको सञ्चालक समितिका अध्यक्ष मनोज कार्कीले बताए । यसवर्षबाटसुरु गरेको पत्रकार सम्मान कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिँदै आगामी वर्ष एक जना पत्रकार पुरस्कृत पनि गर्ने कार्कीले बताए । ‘खोज पत्रकारिताको नयाँ अभ्यास’ भन्ने नारा बोकेको छड्के न्यूज डटकमले स्थापनाको छोटो अवधीमा धेरै पाठक माझ लोकप्रिय बन्दै गएको उल्लेख गरे । ग्रामीण वस्तीमा आवाज बिहिन नागरिकहरुको आवाजसँगै विकास निर्माणमा खबदारी यस मिडियाले गर्दै आएको कार्कीले बताए ।

कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार हुमाकान्त पोखरेलले गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस