×
प्रचण्डलाई प्रश्न गर्न नपाइने प्रचण्डको गणतन्त्र !



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ ।

मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेकोमा कुरा राख्न खोज्दा प्रहरीले ती युवालाई पक्रिन खोजेपछि उनी विरोधमा उत्रिएका हुन् ।

IELTS PTE copy प्रचण्डलाई प्रश्न गर्न नपाइने प्रचण्डको गणतन्त्र !

उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । त्यहीबीच अर्का युवाले पनि नारा लगाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । प्रधानमन्त्री प्रचण्डले आफुले लाएको गणतन्त्रमा बोल्न पाहिने भन्दै बोले पनि उनकै अगाडी बोल्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस