अधिकांश नेपालीहरू इन्टरनेटमा अत्यधिक समय बिताउन्छन् ।
फेसबुक, इन्स्ट्राग्राम, ट्विटर, युट्युब, टिकटोक र व्हाट्सएप जस्ता सोशल मिडिया प्लेटफर्महरू नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको छ । समाचार तथा सूचनाहरु पनि पत्र–पत्रिका भन्दा छिटो अनलाईनमै प्रकाशित हुने भएकाले पनि आनलाईन र्पोटलहरु नेपालको मुख्य संचार माध्यम बनेको छ । सोही कारणले नेपालमा पनि डिजिटल मार्केटिङ विकास हुँदै गएको देखिन्छ ।
डिजिटल प्लेटफर्महरूमा बिज्ञापन गर्दाको मुख्य विशेषता के हो भने यसमा बजेटको न्यूनतम र अधिकतम कुनै सिमा हुदैन । त्यसैले यसमा उद्यमीले बिज्ञापनमा आफ्नो बजेट अनुसार धेरै वा थोरै खर्च गर्न सक्छन । धेरै बजेट खर्चदैमा राम्रो मार्केटिङ र थोरै खर्चदैमा नराम्रो भन्ने हुँदैन । कुनै पनि बिज्ञापन गर्नु अघि बजेट व्यवस्थापन गर्न एकदम जरुरी हुन्छ । सबैभन्दा पहिले कम्पनी/उद्यमीले बिज्ञापनका लागि बजेट छुट्याउनु पर्छ र सो बजेटलाई विभिन्न डिजिटल प्लेटफर्महरूमा कसरी उपयोग गर्ने भन्ने बार्षिक योजना बनाउनु पर्छ । सिमित बजेटमै अधिकतम आउटपट निकाल्नु नै राम्रो बजेट ब्यवस्थापनको पहिचान हो ।
यसको लागि डिजिटल मार्केटिङ सम्बन्धी बिशेष ज्ञान र अनुभव चहिने भएकाले गर्दा कम्पनीहरुले डिजिटल मार्केटिङ कंसल्टेन्टहरुको सहयोग लिने गरेको देखिन्छ । डिजिटल मार्केटिङ कंसल्टेन्टहरुले तेकिएको बार्षिक बजेटलाई कम्पनीको टार्गेट ग्रुप अनुसार विभिन्न प्लेटफर्महरूमा विभाजन गरि, सिजन र अफ सिजन हेरेर बार्षिक योजना बनाई आफुनो ग्रहाहरुको बिज्ञापन गरि दिन्छन् । त्यस्तै, एउटा डिजिटल मार्केटिङ कंसल्टेन्ट हो एडमाना टेक्नोलोजी ।
के हो एडमाना टेक्नोलोजी
विगत १० बर्ष देखि डिजिटल मार्केटिङ क्षेत्रमा अनुभव बटुल्दै आएको डिजिटल मार्केटिङ कंसल्टेन्ट हो एडमाना टेक्नोलोजी । विश्लेषणात्मक विशेषज्ञ टिम भएको यस कम्पनीको आफ्नै एड नेटवर्क सफ्टवेर छ, जसले एडहरु डिसप्ले गर्नका लागि पर सेकेण्ड ५ हजार क्वेरी ह्याण्डल गर्न सक्छ । एडमानाले अफ्नो ग्राहको लक्षित समूह अनुसार डिजिटल मार्केटिङको कनु प्लेटफर्ममा बिज्ञापन गर्दा बढी उपयोगी हुँने पत्ता लगाउछ र त्यसैलाई प्राथमिकता दिएर तोकिएको बजेट अनुसार योजना बनाई बिज्ञापन गर्छ ।