CITY 805 -17 SMH 1064.8 5.9 SPL 813 -12.1 BBC 4255 50 LLBS 1050 5 NBF2 9.15 -0.05 CGH 909 -5 NBL 292.2 1.2 RBCL 17071 -109 SIFC 628 10 CHCL 568.9 -8.1 NICBF 9.3 -0.08 DDBL 916.2 3.1 HBLD83 1056.3 0.3 NICFC 8.97 -0.33 CYCL 1540 -7 C30MF 9.74 0 GBBLPO 205 0 GBBL 447 -6 NADEP 1030 -55 LBBL 475 -4.8 SAGF 9.31 0.01 ULBSL 3199 37 CCBD88 1123.1 6.1 NGPL 472 -2.9 NRN 905 -8 CMF1 10.5 -0.2 PMHPL 260 -4 KKHC 260 -2 GFCL 1051.1 6 MSLB 1564 -70 RBCLPO 12300 88 ACLBSL 1035 0 SLBSL 1398.4 21.4 SBLD89 1200 16.1 HEI 648 -10 JOSHI 305 -6.8 NIMB 241.9 -9.1 ADBL 367 -11.1 GVL 538.5 -22
×
नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी



रासस । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ ।

गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा रू ५७ अर्ब २४ करोड ऋण थपिएको छ ।

गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण रू १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण रू नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा रू ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा रू १९ अर्ब ४३ करोडले घटेको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन रू ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

चालु आवको पुस मसान्तसम्म नेपालले रू ४७ अर्ब २७ करोड बराबर ऋण उठाएको छ । जसमध्ये रू ३० अर्ब आन्तरिक र रू १७ अर्ब २७ करोड बाह्य ऋण उठाएको हो । यही अवधिमा रू ४५ अर्ब ६१ करोड बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा रू २८ अर्ब ३० करोड र ब्याज रू १७ अर्ब ३१ करोड बराबर छ ।

यो अवधिमा आन्तरिक ऋणको साँवा रू १९ अर्ब ५९ करोड २५ लाख र ब्याज रू १५ अर्ब ६५ करोड ९६ लाख गरी कूल रू ३५ अर्ब २५ करोड भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा रू आठ अर्ब ७१ करोड र ब्याज रू एक अर्ब ६५ करोड गरी रू १० अर्ब ३६ करोड भुक्तानी भएको छ ।

कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७ दशमलव २८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२ दशमलव ७२ प्रतिशत बराबर छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस