NABBC 631 -12 CITY 805 -17 GVL 538.5 -22 KSBBLD87 1093.4 18.4 GMFIL 623 1 SMATA 875 -16 SPIL 853 -18 SKBBL 934 -3 PMLI 562 1 ILI 483.5 -2.5 HPPL 316.3 -3.6 GLBSL 1600.4 -29.6 HBLD83 1056.3 0.3 NIBLGF 9.1 0.38 CBBL 980 1 JFL 655 6 KMCDB 1027.8 -11.1 JSLBB 1513.9 38.9 UNL 48870 -930 NLIC 814 -13.4 NMFBS 1435 1 SSHL 215 0.8 NHPC 220.1 0 MFLD85 1050 -20 NBF3 9.04 0.17 LBLD86 1081 -0.2 VLUCL 588 -1.9 UMRH 475 -1.9 IGI 600 -4 MHNL 265.5 -0.5 NLO 242.1 0 ILBS 980 -21.5 SLCF 9.21 -0.1 GBILD86/87 1030 4 NHDL 570 0 PPL 461 -2.5 SBID83 1098 8.7 SINDU 667 -6 PRSF 9.54 -0.11 MNBBL 395.8 -0.8
×
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित



काठमाडौं । देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन् ।

३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् ।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस