×
Lagani
Lagani Shiksha gif
शिवम् सिमेन्ट्सले सुरु गर्यो नगद लाभांश वितरण।



शिवम् सिमेन्ट्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।

कम्पनीले पुस १९ गतेसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न सुरु गरेको थियो। कम्पनीले गत पुस २९ गते सम्पन्न सातौ वार्षिक साधारण सभाबाट कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा नगद लाभांश वितरण गरेको हो ।

Lagani Shiksha gif
sharehubapk शिवम् सिमेन्ट्सले सुरु गर्यो नगद लाभांश वितरण।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । शेयरधनीहरूले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा नगद लाभांश जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराएन कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस