×
आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै



वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुने भएको छ ।

संघले मंगलबार वार्षिक साधारणसभा आह्वान गरेर नयाँ समिति घोषणा गर्ने तयारी थालेको हो । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने भएको छ । संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस