×
माग अनुसार आवेदन नपरेपछि मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो।



मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले गत पुस १९ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने मिति पुनः थप गरेको छ।

पहिले माघ ३ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि माघ १० गतेसम्म थपेको अवधिमा पनि माग अनुसार आवेदन नपरेको हुदा माघ १५ गतेसम्मको अवधि थप गरेको हो ।

IELTS PTE copy माग अनुसार आवेदन नपरेपछि मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो।

कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात  रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्ने छ भने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि साथै  ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने शेयरमध्ये ५० प्रतिशत ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ भने २५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दा र २५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले माघ ३ गतेसम्म आवेदन दिन सक्ने छन् भने आयोजना प्रभावित स्थानीयले  छिटोमा माघ ३ गते र ढिमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म  आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस