×
Lagani
Lagani Shiksha gif
सबैले आवेदन दिनमिल्ने गरि खुल्यो कालिञ्चोक दर्शनको आईपीओ , कति दिने आवेदन ?



कालिञ्चोक दर्शन लिमिटेडले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता आईपीओ निष्कासन गरि बाँडफाँट गरिसकेको छ। हाल कम्पनीले कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । सोमध्ये कम्पनीले १ गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

त्यस्तै २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार ९९० कित्ताका लागि छिटोमा माघ ६ गते सम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि माघ १७ गतेसम्म थप हुनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Nirajan
Guest
Nirajan
January 17, 2023 10:27 am

Yo maro share app mha aako xaina tha sir



ताजा समाचार
लोकप्रिय
सिफारिस