GUFL 735 5 SNLI 585.1 -0.9 JBBL 351 -3.1 GBIME 256.1 -4.4 PCBL 292 -2 MLBL 398 -6.9 MHCL 410 -7 SONA 473.2 -7.8 SADBL 419 -1 MND84/85 1030 2 RNLI 495.5 1.5 AKJCL 209 -3 NBBD2085 1100 0 CCBD88 1123.1 6.1 MBJC 321 -8 EBL 605 5 NUBL 730 2.8 SRLI 443.1 -4.9 RSDC 735 0 GLBSL 1600.4 -29.6 HEI 648 -10 SAEF 11.22 0.17 JSLBB 1513.9 38.9 KKHC 260 -2 HURJA 220 -4.6 SMH 1064.8 5.9 HBLD83 1056.3 0.3 CGH 909 -5 GMFBS 1512.1 -16.9 MCHL 488.3 -3.7 SBD87 1048 11.9 CMF2 9.21 -0.1 SMJC 574 -6 FMDBL 758 -0.1 SFCL 704.1 63.6 MDB 630 -3.8 RAWA 889 29 HIDCL 270.7 -4.1 NBF2 9.15 -0.05 UMRH 475 -1.9
×
दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि…



नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मदिराले मातेका एक व्यक्तिले पिसाब गरिदिएका र कुनै कारवाहीमा नपरी उम्किएका थिए ।

घटनाको केही हप्ता पछि एयर इन्डियाले ती अटेरी व्यक्तिलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ । नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।

नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको उडानको बिजनेश क्लासमा ७० वर्षकी एक सह–यात्रीलाई मातेको यात्रुले कथित रूपमा जिपि खोलेर पिसाब फेरिदिएका थिए ।

लन्चपछि पछि बत्ती मधुरो भएकोले के भइरहेको थियो भनेर थोरैले बुझेका थिए । पिसाब गरिसकेपछि अर्को यात्रुले उसलाई छोड्न नभनेसम्म ती व्यक्ति त्यहाँबाट नसरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

महिलाले चालक दलसँग गुनासो गरेकी थिइन् । उनको लुगा, जुत्ता र झोला पिसाबले भिजेको बताइन् । चालक दलले कथित रूपमा उनलाई लुगा र चप्पल दिए र उनको सिटमा फर्किन भनेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस