×
Lagani
Lagani Shiksha gif
विदेशबाट ल्याएको मोबाइल त्रिभुवन विमानस्थलमा जफत , प्रधानमन्त्रीको निर्देशन भएन पालना !



प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपनि विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइल जफत रोकिएको छैन।

गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका थिए तर विमानस्थल भन्सारमा रहेका कर्मचारीले यो निर्देशनको पालना भने नगरेको पाइएको छ। सोमबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको छ।

Lagani Shiksha gif
sharehubapk विदेशबाट ल्याएको मोबाइल त्रिभुवन विमानस्थलमा जफत , प्रधानमन्त्रीको निर्देशन भएन पालना !

उनले आफुले चलाउने बाहेक १ वटा मात्रा मोबाइल ल्याउदापनि भन्सारले जफत गरेको बताए। ‘मसँग एउटा आफूले चलाइरहने पुरानो मोबाइल छँदै थियो, अर्को एउटा नयाँ मोबाइल पनि ल्याएको थिएँ’ उनले भने ‘विमानस्थलमा अवतरणपछि चेकिङका क्रममा मैले ल्याएको नयाँ मोबाइल भन्सारका कर्मचारीले जफत गर्नुभयो ।’

आफुले कर्मचारीहरुलाई प्रधानमन्त्री दाहालको निर्देशनबारे जानकारी गराउदा पनि भन्सारका कर्मचारीले हामीले नियम मान्नुपर्छ भनेर उनको मोबाइल जफत गरेको उनको गुनासो छ। नेपालमा भन्दा केहि सस्तो पर्ने हुदा आफुले मोबाइल ल्याएको उनको भनाइ छ। उनि भन्छन “भन्सार नै तिर्नुपरेपछि मोबाइलको मूल्य त बजारमैजस्तो हुने भयो । ” ।

तोकिएको भन्सार शुल्क तिरेर मात्र आफ्नो मोबाइल लैजान भन्दै भन्सारका कर्मचारीले कागजको टुक्रा थमाएको उनले गुनासो गरे । उनि भन्छन ” मजस्तै विदेशबाट आउँदा मोबाइल ल्याउनेले अब प्रधानमन्त्रीको कुरालाई कसरी विश्वास गर्नु ?”

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस