×
अभिनेता महेश बाबुलाई लिएर फिल्म बनाउदै ‘बाहुबली’ र ‘आरआरआर’ निर्देशक राजामौली



‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीले अभिनेता महेश बाबुसँग नयाँ फिल्ममा सहकार्य गर्ने घोषणा गरेका छन् ।

‘आरआरआर’को बम्पर सफलतापछि निर्देशक राजामौली नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् । नयाँ फिल्म एडभेञ्चर्स एक्सन ड्रामाको हुनेछ । फिल्मको कथा राजामौलीका पिता तथा ‘बाहुबली’, ‘आरआरआर’ लेखक केवी विजेन्द्रप्रसाद लेखिरहेका छन् ।

राजामौलीले यो फिल्मलाई दुई भागमा निर्माण गर्नेछन् । यो कुराको पुष्टि लेखक विजेन्द्रप्रसादले गरिसकेका छन् । ‘हो यो फिल्मको सिक्वेल पनि आउनेछ । सिक्वेलमा प्रमुख कलाकार पहिलो भागकै हुनेछन् ।  हामी अहिले स्क्रिप्ट फाइनलको तयारीमा जुटिरहेका छौं’, उनले भनेका छन् ।

नयाँ फिल्म सत्यघटनामा आधारित हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस