मोरक्कोका लागि फिफा विश्वकपको क्वार्टरफाइनलमा पुग्नु कुनै उपलब्धिभन्दा कम छैन तर अब पोर्चुगल र यसका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको सामना गर्नु उनीहरुका लागि अविश्वसनीय हुनेछ ।
रोनाल्डो फेरि एकपटक फरक ढंगले चर्चामा आएका छन् । तर, शनिबार (डिसेम्बर १०) मा हुने यस खेलमा मोरक्कोको ऐतिहासिक यात्राको अन्त्य गर्दै अन्तिम चारमा पुग्नु महत्वपूर्ण एजेण्डा हुनेछ । तर रोनाल्डो प्रारम्भिक ११ मा पर्छन कि पर्दैनन ? यो ठूलो प्रश्न बनेको थियो । उनलाई मंगलबारको राउन्ड अफ १६मा स्विट्जरल्याण्ड विरुद्धको जीतमा प्रारम्भिक ११ मा स्थान दिईएको थिएन र आज पनि अघिल्लो खेलमा रोनाल्डोको स्थानमा पहिलो रोजाईँमा खेल्दै ह्याट्रिक गरेका गोन्कालो रामोस मोरक्को विरुद्ध पहिलो रोजाईँमा छन् ।
५ पटकको ‘वर्ल्ड प्लेयर अफ द इयर’ रोनाल्डोको ठाउँमा २१ वर्षीय गोन्कालो रामोसले गोलको ह्याट्रिक गरेपछि मोरक्कोविरुद्धको छनोटलाई वास्तविक दुविधामा पारेको थियो । म्याचको ९० मिनेट अगाडि पोर्चुगलको सुरुवाती ११ हुनेछ । पोर्चुगल तेस्रो पटक मात्रै यस चरणमा पुगेको रोनाल्डो आफ्नो चम्किलो करियरमा दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न आतुर हुने भएकाले सबैले उत्सुकतापूर्वक पर्खिएका छन ।
रोनाल्डो फेरि विकल्पका रूपमा आए पनि उनले मैदानमा केही समय पाउने अपेक्षा गरिएको छ । सायद यो उनको अन्तिम विश्वकप हो। उनको वरिपरि कुनै न कुनै नाटक निरन्तर चलिरहेकै छ र उनी जहिले सुकै चर्चामा रहन्छन् ।