आज पूर्णिमा व्रत रहेकाे छ ।
मंसिर महिनाकाे तिथिले भाेलि बिहीबार परे पनि पूर्णिमाकाे व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ । यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ ।
बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ ।
पूर्णिमाकाे व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ । साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ ।
यसैबीच, मंसिर शुक्ल पूर्णिमा भाेलि बिहीबार परेकाे छ । यसदिन उधाैली उधौली पर्व, धान्यपूर्णिमा र योमरी पुन्हि पनि मनाउने चलन छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted