TVCL 461 1 DORDI 429 -3.3 LVF2 9 0 JSLBB 1513.9 38.9 SSHL 215 0.8 SBLD84 1040 19.3 UPPER 214.2 -1.8 RADHI 397.9 7.9 SBL 345 -8.1 DLBS 1374 30 NIBLSTF 8.68 0 USHEC 523 -7 SBD87 1048 11.9 SMFBS 1505.2 6.2 SAGF 9.31 0.01 HRL 861 -4 EHPL 840 7.9 KDL 1059 16 SPIL 853 -18 NMBMF 695 -10 SHLB 1886.9 1.9 NMLBBL 769 -11 UMHL 308 -4 SPHL 666.9 16.9 NFS 1350 -43 ENL 1102 -18 NICA 452 -13 MHCL 410 -7 NBLD85 1025 0 NRN 905 -8 CORBL 958.8 -10.2 MKHL 493 -6 NICGF2 8.78 -0.02 IHL 499 -1 PRVU 248 -10 PBD84 1065 1.7 UAIL 639 -1 HDL 1423.1 49.1 MKHC 339 -1 NIMB 241.9 -9.1
×
पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान



पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ ।

यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।  रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ । रोनाल्डोले एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गरेका छन् ।

दोहास्थित  रंगशाला ९७४ मा प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै ६५औं मिनटमा अग्रता दिलाएका थिए । घानाका कप्तान आन्द्रे आयुले ७३औं मिनेटमा बराबरी गोल गरे ।

जोआवो फेलिक्सले ७८औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता २–१ को बनाए । त्यसको दुई मिनेट नबित्दै राफेल लियोले गोल गरेका थिए । ओस्मान बुकारीले इन्जुरी समयमा गोल गरेपनि घानाले हार टार्न सकेन ।

जितसँगै समूह ‘एच’मा पोर्चुगलले तीन अंक जोडेको छ । घाना अंक विहिन छ ।  दक्षिण कोरिया र उरुग्वेले भने अंक बाँडेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस