SPC 610 4 KEF 9.5 0.05 CIT 2129 -35 SMHL 740.9 -48.1 MLBSL 2094 -20 LSL 214.5 -1.1 SAHAS 660 53.6 ULHC 412.1 -14.9 NFS 1270 61 CCBD88 1074.8 -21.9 DHPL 235 -3.4 MSHL 715 -23 HEIP 373 -16.9 GBBL 435 -9.1 NRIC 778.1 -14.8 NICSF 10 -0.02 AKPL 210 -8 PROFL 493 13 EBLD86 950 -6.5 GMFBS 1896 -39.3 RHGCL 387 -19 MBL 225 -2.5 NGPL 390.7 -7.4 MHL 711.2 -33.8 PBD88 1015.1 -40.9 MKCL 1421 -86.2 DORDI 482.3 -20.6 RLFL 505.5 5.5 SGIC 687.9 37.8 BGWT 977.3 -12.7 RHPL 360 -4.9 UNL 53800 -200 RMF2 9.2 -0.35 SJLIC 487 5.5 MFIL 653 -2.9 RFPL 435 -25 BHPL 648 -14 MEL 269 -13 CHCL 549 -7 KPCL 540 -3
×
अब सेयर बजार कता जाला ?



पुँजी बजारले यस साता केही आशा जगायो ।

समग्रमा नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भयो । बजार १९ सय विन्दु माथि नै अडिएको छ । १८०७ को तहमा आएको नेप्से १९ सयको लेबल माथि रहेकाले अब बजारले क्रमशः नयाँ उचाईहरु तय गर्दै जानेमा धेरैले विश्वास लिएका छन् । तथापि, बजारको गति र प्रवृत्तिका बारेमा कसैले पनि ठोकुवा गर्न भने सक्दैन ।

चुनावी माहोल सूरु भएको तथा लाभांशको सिजन पनि चलेकाले सेयर बजारमा नयाँ तरंग आउन सक्ने कतिपयको विश्लेषण रहेको छ । चुनावका कारण बजारमा पैसा आउने विश्वास लगानीकर्ताको रहेको छ । यता, ठूला वाणिज्य बैंकहरुको नाफा बढेकाले पनि लगानीकर्ता थप आशावादी भएका हुन् । यस्तै, बजार घटेको पनि १४ महिना पूरा भइसकेको छ ।

यसकारण पनि विस्तारै बजारले गति लिने विश्वास धेरैको रहेको हो । अर्थतन्त्रका सूचकहरु पनि क्रमशः सकारात्मक बन्दैछन् । रेमिटेन्स बढेको छ । अब ब्याजदर घट्न बाँकी छ । तरलता सहज भई ब्याजदर पनि केही घट्न थाल्यो भने नेप्सेले गति लिन सक्ने विश्लेषकहरु बताउँछन् । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको पनि अहम भूमिका रहने गर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस