×
आजदेखि खुल्यो सानिमा ग्रोथ फन्ड , मेरो सेयर देखि आवेदन दिन सकिने !



सानिमा क्यापिटलले आजदेखि सानिमा ग्रोथ फण्डको इकाई विक्री खुला गरेको छ ।

क्यापिटलले सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गरेको  हो । जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत  विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ भने १ करोड ८० हजार इकाई बीज पुँजी छ ।

IELTS PTE copy आजदेखि खुल्यो सानिमा ग्रोथ फन्ड , मेरो सेयर देखि आवेदन दिन सकिने !

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस