नेपाल राष्ट्र बैंकले एकैपटक धेरै कर्मचारी मागेको छ।
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागले सुचना जारि गर्दै राष्ट्र बैंकमा जागिर खुलेको जानकारी गराएको हो। बैंकमा सहायक निर्देशक प्रशासन सेवा (अधिकृत तृतीय) मा १८ , सहायक निर्देशक प्राविधिक(सुप्र.)सेवा (अधिकृत तृतीय)मा १ र सहायक प्रशासन सेवा (सहायक द्वितीय) मा १३ जनाको लागि दरखास्त माग रहेको छ।
यी पदका लागि योग्यता पुगेका नेपालि नागरिकले आवेदन दिन सक्ने छन्। बैंकले खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट मिति २०७९/०५/१७ देखि अनलाईन दरखास्त फाराम भर्न आह्वान गरेको छ ।
बैंकले तोकेको अनलाईन फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सोको साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्वान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा सम्बन्धित निकाय / संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो गरी तोकिएको दस्तुर तिरी मिति २०७९/०६/ ०६ सम्म र दोब्बर दस्तुर तिरी मिति २०७९/०६/१३ सम्म अनलाईन दरखास्त पेश गर्नु पर्नेछ ।
आवेदकहरुले नेपाल राष्ट्र बैंकको वेवसाइट प्रयोग गरि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ।
















