×
Lagani
Lagani Shiksha gif
सेयर बजारका सबै सूचक घटे, कारोबार रकम एक अर्बमै सिमित।



सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ ।

नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ । आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ ।

Lagani Shiksha gif
sharehubapk सेयर बजारका सबै सूचक घटे, कारोबार रकम एक अर्बमै सिमित।

नेप्से दोहोरो अंकले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको सेयर किनबेच भयो ।

आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै २ प्रतिशतले बढेको छ ।

Screenshot 2022 08 31 155415 सेयर बजारका सबै सूचक घटे, कारोबार रकम एक अर्बमै सिमित।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस