×
Lagani
Lagani Shiksha gif
१० अंकले बढ्यो सेयर बजार



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार १० अंकको वृद्धि भएको छ।

नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ। आज दिनभर दुई अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो।

Lagani Shiksha gif
sharehubapk १० अंकले बढ्यो सेयर बजार

बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०।७५ र ब्यापार उपसमूह ३८ अंक बढे।

जीवन बीमा भने चार अंक घट्यो। कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य १०, तेह्रथुम पावरको ९.६ तथा उपकार लघुवित्तको मूल्य ९.१ प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस