×
एनसेलको १ कित्ता शेयर एक लाख २४ हजार एक सयमा बिक्रि , सर्बसाधारणलाई कति पर्ला ?



मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको ओटिसिमा १ कित्ता शेयर कारोबार भएको छ।

कम्पनीको गत साउन १९ गते नेपाल स्टक एक्सचेन्जको कार्यालय स्थित ओटिसिमा उक्त शेयर कारोबार भएको हो।  उक्त शेयर प्रति कित्ता एक लाख चौबिस हजार एक सय रुपैयाँका दरले भएको छ। सम्पन्न राज भट्टले आफ्नो  नाममा रहेको एक कित्ता शेयर एक लाख २४ हजार एक सयमा कबिन मुललाइ बिक्रि गरेका हुन।

637706894375806907 e1635128727410 एनसेलको १ कित्ता शेयर एक लाख २४ हजार एक सयमा बिक्रि , सर्बसाधारणलाई कति पर्ला ?

कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो। एनसेलको चुक्ता पूँजी रु. १० करोड छ।त्यस्तै विगत केहि बर्षदेखि आईपीओ निष्काशन गर्ने चर्चा चलेपनि एनसेलको पुँजीगत लाभकर विवादका कारण कुनैपनि कार्य अघि बढाउन सकेको थिएन् । एनसेलले लाभकर विवाद टुङ्ग्याएपछि पब्लिक कम्पनीमा गएको थियो ।

कम्पनी पब्लिकमा गए पनि  सर्वसाधारणलाई साधारण शेयर जारी गर्ने प्रक्रिया भने अझै अघि बढाएको छैन। पोहोर आइपियो निस्कासन गर्ने कुरा चलेता पनि हाल सम्ममा टुंगो लागेको छैन। कम्पनीको शेयर शेयरधनीले १ लाख २४ हजार भन्दा बढीमा बिक्रि गरिरहेका छन् भने सर्बसाधारणलाई कति पर्ला भन्ने सबैको चासो रहेको होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस