×
Lagani
Lagani Shiksha gif
यी हुन एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु

????????,?? ????? : ???????? ?????????????? ????????? ????? ????????? ???????? ?????? ????? ? ?????? : ????????? ????????,????



थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ ।

दुई/तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, “ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक। एक मतले यो चिह्न बढ्यो । अब दुई मतमात्र गन्न बाँकी छ”, अर्को मतपत्र लिँदै ती कर्मचारी भन्छन्, “ल जेब्राको एक।” वडाध्यक्षमा मत बराबर हुन्छ । अब घोप्टिएको अन्तिम एकमात्र मतपत्र गन्न बाँकी छ । ब्यग्रता बढ्दैछ, सम्बन्धित उम्मेदवार र उमेद्वारका गणना प्रतिनिधिको । “ल, यो पनि वडाध्यक्षमा जेब्राको” कर्मचारीको यो भनाइले एकथरिमा खुसी र अर्को पक्षमा सन्नाटा छाउँछ । बर्दिवास नगरपालिका–१४ को मतगणनास्थलको दृश्य यो सोमबार रातीको हो।

Lagani Shiksha gif
sharehubapk यी हुन एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु

हो, यस्तै ब्यग्रताबीच जेब्रा चिह्नका वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयकुमार महतोले नेपाली कांग्रेसका भरत हमाललाई एक मतले पछि पार्दै विजयी हुनुभयो । महतोको प्राप्त मतमा अन्तिम मतपत्रले ५०८ पु¥यायो । हमाल ५०७ मै अड्नुभयो । एकै मतले विजयी ! जिल्लामा एकै मतले वडाध्यक्ष पद हात पर्ने महतोजस्तै अन्य दुई पनि छन् ।

बर्दिवास–७ मै यसअघि जेब्रा चिह्नकै रामसोगारथ यादवले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार सिंह कोइरीलाई पछि पार्नुभयो । कोइरीले ७२६ र यादवले ७२७ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरिसकेको छ । यो गणनामा पनि बर्दिबास–१४ कै जस्तो व्यग्र कौतुहलता भएको थियो । गणनास्थलका सबैको आँखा अन्तिम मतपत्रमै गडेको देखिन्थ्यो ।

यसैगरी गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा एकै मतले जित हात पार्ने अर्का भाग्यमानी जिल्लाकै महोत्तरी गाउँपालिका–१ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी हुनुहुन्छ । उहाँ ३६६ मत प्राप्त गरी विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहम्मद अनामुल राइनले ३६५ मै अडेर हार बेहोर्न बाध्य हुनप¥यो । त्यहाँ पनि एकै मतले विजयी !

एकै मतले विजयी भएका तीनै जनाले ‘जनताको विश्वासको परिणाम’ भन्दै वडाका सबै जनतालाई काखापाखा नगरी सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । “अहिले व्यक्त मतको उच्च सम्मान गर्छु, जनताको सेवामा समर्पित हुन्छु”, बर्दिबास–१४ का नवनिर्वाचित वडाध्यक्ष महतोले भन्नुभयो । महोत्तरी–१ का चौधरी र बर्दिवास–७ कै यादवले पनि महतोको जस्तै प्रतिबद्धता जनाउनुभएको छ ।

निर्वाचनमा होमिएका उम्मेदवारलाई हार वा जितको नतिजा स्वभाविक नै भए पनि एक मतको फरकले भने हार्नेलाई पिरोल्दो रहेछ । मतदानमा छुटेका कैयौँ आफन्तलाई सम्झँदै ‘उहाँ आउनुभएको भए त…’ भन्ने पनि भेटिएका छन् ।

सर्वसाधारणले पनि एक मतको हारजितलाई खास घटनाका रुपमा लिएका पाइएको छ । “जित्नै रहेछ, दुई अझै थपिएको भए त हुन्थ्यो नि !” बर्दिबास–७ की मतदाता मुना खत्रीले भन्नुभयो, “एकै मतले भन्ने सुन्दा हार्ने र सुन्नेलाई ज्यादै थकथक लाग्ने रहेछ ।” जिल्लामा अहिले मुस्किलले ४० प्रतिशत मतपरिणाम सार्वजनिक भएको छ ।

मतगणना जारी रहेका स्थानीयतहरुमा अझै एकै मतको विजयत्रात्रा हेर्न र देख्न पाइने सम्भावना रहेको प्रतिक्रिया दिने पनि भेटिएका छन् । “अझै यस्तो देखिन सक्छ तर कामना गर्छु, त्यस्तो नहोस्”, बर्दिवास–१४ का मतदाता सुकन महतोले भन्नुभयो, “जित्ने र हार्नेलाई कस्तो के लाग्यो कुन्नि ! मलाईचैँ अझै एकमतले रन्काइरहेको छ ।”रासस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस