×
गुल्मीको मालिकामा एमाले निल ,वडासदस्य समेत जित्न सकेन !



गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेले यसपटक वडामा सदस्यसमेत जित्न सकेन ।

अध्यक्षमा निर्वाचित माओवादीका अर्यालले ६ हजार १७६ मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका अर्यालले ६ हजार ३३४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकामा अध्यक्षमा निर्वाचित माओवादीका अर्यालको निकटतम प्रतिस्पर्धी एमालेका रीतबहादुर थापाले ४ हजार ६१७ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका उपेन्द्र अर्यालयको निकटतम प्रतिस्पर्धी एमालेकै रनमाया पुनले ४ हजार ६९२ मत पाएकी छन् ।

गाउँपालिकामा रहेका वडाहरुमा एमालेले सदस्य समेत जित्न सकेको छैन । मालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार सबै वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकामा रहेका ८ वटा वडाहरुमध्ये ७ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा माओवादी केन्द्रले जितेको छ । जसअनुसार वडानम्बर १, २, ४, ५, ६, ७, ८ मा नेपाली कांग्रेस र ३ मा माओवादीले वडाअध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकामा १७ हजार ७२३ जना मतदाता रहेकोमा ११ हजार ५८० जनाले मतदान गरेका थिए । यो गाउँपालिकामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्षमा र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।

जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये ९ वटा स्थानीय तहको मतगणना सकिएको छ । सकिएका मतगणना अनुसार रेसुङ्गा, गुल्मीदरवार, ईस्मा र मदानेमा नेपाली कांग्रेसले जितेको छ । चन्द्रकोट र धुर्कोट, मालिका माओवादी केन्द्रले जितेको छ । छत्रकोट र सत्यवतीमा एमालेले जितेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस