×
Lagani
Lagani Shiksha gif
मुसिकोटको मेयर उपमेयरमा कडा टक्कर , हाल सम्म कसको कति मत ?



गुल्मीको मुसिकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतगणनाको ६ ओटा वडाको मत परिणाम सारवजनिक भएको छ भने वडा नम्बर ४ र ६ को मत गणना भइरहेको छ ।

मुसिकोटमा अहिलेसम्मको मत परिणाम सार्वजनिक हुदा मेयरमा सुर्य चिन्हमा ५६८२ मत परेको छ भने रुखमा ५६७२ मत रहेको छ । हाल सम्म प्रमुखमा काङ्ग्रेस १० मतले पछाडी रहेको छ ।

Lagani Shiksha gif
sharehubapk मुसिकोटको मेयर उपमेयरमा कडा टक्कर , हाल सम्म कसको कति मत ?

त्यस्तै उपमेयरमा सुर्यमा ५४५७ मत रहेको छ भने कलममा ५४११ मत रहेको छ । हाल सम्म समाजवादी ४६ मतले पछाडी रहेको छ ।

mm मुसिकोटको मेयर उपमेयरमा कडा टक्कर , हाल सम्म कसको कति मत ?

यो पनि पढ्नुहोस् – रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनिराम वुढाथोकीले छ हजार ६२ मत ल्याई निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गञ्जबहादुर क्षेत्रीले तीन हजार ८९३ मत प्राप्त गरेका छन् ।गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मीना थापा निर्वाचित भएकी छिन ।थापाले ६ हजार ३७ मत ल्याएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले तीन हजार ४०० मत पाएकी छन् ।

सुनिल स्मृति गाउँपालिकाको वडा नं. १, ३, ४, ५, ६, ७ र ८ मा नेकपा माओवादी केन्द्र र वडा नं. २ मा नेपाली कांग्रेसका वागी (स्वतन्त्र) उमेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस