NHDL 418.1 -1.9 DDBL 698.9 -9.1 SHL 431.7 -4.9 SDBD87 1000 10 MKCL 915 -5 CZBIL 157 0.2 H8020 8.78 0.17 GLH 209 -1.1 BARUN 236.3 -3.8 MANDU 759.9 -6.1 CKHL 535.1 -18.9 PPCL 245 -9.7 NSIF2 9.32 -0.18 RNLI 426 -2.1 CGH 798 -7 ACLBSL 762 -8 GHL 150 -2.5 PMHPL 232 -4.9 DOLTI 452 -26.8 NABIL 433 -2 AKJCL 210 -1 NMBMF 605.9 0.9 MHL 408 -12 ULHC 334 -9.7 RAWA 475 -3.1 KPCL 405 -2 IGI 518.5 -1.7 LUK 8.6 0.08 HDHPC 130.8 -1.4 HRL 605.1 -1.4 MKJC 450 -4 SAMAJ 1917 27 SIFC 372.8 -7 GUFL 905 82 RMF2 8.24 -0.04 MFIL 501 -1 NICFC 8.51 0 NBF2 8.1 0 PHCL 302.1 -5.9 GIBF1 8.14 -0.14
×
सङ्खुवासभाको सभापोखरीमा गठबन्धन विजयी



सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ ।

एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो ।

विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गर्नुभएको छ । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गर्नुभएको छ । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी हुनुभएको छ ।

कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पाराजित हुनुभएको हो । उहाँ यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी हुनुभएको हो ।

त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गर्नुभएको छ । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गर्नुभएको छ ।

वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याउनुभएको छ । सुब्बा यसअघिका वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी हुनुभएको छ भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पाराजित हुनुभएको छ ।

सङ्खुवासभामा १० स्थानीय तहमध्ये आठ स्थानीय नेकपा एमाले तहमा पाँच दलीय गठबन्धन भएको थियो भने दुई स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस