×
Lagani
Lagani Shiksha gif
एमालेको पकड क्षेत्रमा काङ्ग्रेसका २४ बर्षिय रमेश भारी मतले विजयी



नेपालमा प्रजातन्त्र सुरु भएयताको साविक गुल्मीको मुसिकोट राज्यका दर्जनौँ गाउँ पञ्चायत र त्यसयताका गाविसहरुलाई हालको वडा मान्ने होनभने वर्तमान मुसिकोट नगरपालिकाको पहिलो गाविस अध्यक्ष वा वडाध्यक्ष दलित समुदायबाट निर्वाचित भएका छन् ।

विपन्न परिवारका २४ वर्षीय रमेश रसाईली(वि.क)ले पैसा विना पनि चुनाव जित्न सकिन्छ भन्ने उदाहरण देखाउदै मुसिकोट नगरपालिका ८ को वडाध्यक्षमा अाज साँझ निर्वाचित भएका हुन् ।

Lagani Shiksha gif
sharehubapk एमालेको पकड क्षेत्रमा काङ्ग्रेसका २४ बर्षिय रमेश भारी मतले विजयी

गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका उनी नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा सो पाटी निकट नेपाल दलित सघं मुसिकोट नगर सभापति समेत हुन् ।

चुनावी प्रचारको सुरुवाती दिनमा विगत ३५ वर्ष देखि नेकपा एमालेको लालकिल्ला रहेको वडा न.८ तथा साविक वामी गाविसमा अाफुले चुनाव जित्न नसकेपनि एमालेलाई सवक सिकाउने मात्रै लक्ष्य बोकेको बताउने रसाईली अाज एक्कासी वडाध्यक्षमा निर्वाचित भएको घोषणा सुनाउदा अाकाश तर्फ अाँखा अोछाउँदै `अो माई गड भन्दै थिए ।

कम्युनिस्टका नाममा मुठ्ठीभर समाजका ठुलावडा भनौदाहरुले वामीका दलितहरुलाई दासका रुपमा हेर्ने मानसिकताको अन्त्य गर्ने उनको उदघोष छ ।

वामीमै ७ दिन अघि भएको चुनावी सभालाई सम्बोधन गर्दै विकले हात जोड्दै भनेका थिए । अहिलेसम्म शासकलाई जिताउनुभयो अहिले म एउटा सेवकलाई जिताउनुहोस् ।

घोषणासभामा लौरो टेकेर उभिएका साविक वामी गाविसका समाजसेवी ७४ वर्षीय सालिकराम सापकोटाले तत्कालिन मुसिकोट राज्य र साविक मुसिकोट अन्तर्गतका वर्तमान वडाहरुमा दलित समुदायबाट प्रमुख पदमा विजयी हुने रसाईली पहिलो दलित युवा भएको भन्दै हर्ष प्रकट गरे ।

उनको जित सुनिश्चित जस्तै भएको थाहा पाउने मुसिकोट नगरका अधिकाशं दलित समुदायले नाराबाजी गरिरहेका बेला घोषणासभामा अाई विजयको नारा लगाईरहेको बेला अन्य समुदायका मानिसहरुले चर्को हुटिङ गरेर विजय उत्सवमय घोषणा सभा बनिरहेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस