×
यस्तो छ मुसिकोटमा मेयरको मतगणनाको पछिल्लो उपडेट ।



गुल्मीको मुसिकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतगणनाको प्रारम्भिक नतिजा आएको छ ।

नगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ भने नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन । मुसिकोटको नगरप्रमुखमा गठबन्धनबाट काङ्ग्रेसले प्रमुखमा उम्मेदवार खडा गरेको छ भने समाजवादीले उपप्रमुखमा उम्मेदवार खडा गरेको छ ।

हाल सम्म वडानम्बर १ मा एमालेले प्रमुखमा ११४५ उपप्रमुखमा ११३२ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ११२३ र उप प्रमुखमा १०३५ मत प्रप्त गरेको छ ।

त्यस्तै वडा नम्बर ९ मा एमालेले प्रमुखमा ३७४ र उपप्रमुखमा ३७३ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ४६४ र उपप्रमुखमा ४१७ मत प्राप्त गरेको छ ।

त्यस्तै वडानम्बर २ मा एमालेले प्रमुखमा ३७४ र उपप्रमुखमा २९३ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ५८१ र उपप्रमुखमा ५९५ मत प्राप्त गरेको छ ।

साथै वडानम्बर ८ मा प्रमुखमा एमालेको १७९ र उपप्रमुखमा १८० मत रहेको छ भने काङ्ग्रेसको प्रमुखमा १९४ र उपप्रमुखमा १६५ मत रहेको छ । हाल वडा नम्बर २ र वडा नम्बर ८ को मतगणना जारी रहेको छ ।

हाल सम्म मेयरमा सुर्य चिन्हमा २०७२ मत परेको छ भने रुखमा २३६२ मत रहेको छ । हाल सम्म प्रमुखमा काङ्ग्रेस २९० मतले अगाडि रहेको छ ।

त्यस्तै उपमेयरमा सुर्यमा १९७८ मत रहेको छ भने कलममा २२१५ मत रहेको छ । हाल सम्म समाजवादी २१५ मतले अगाडि रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस