×
Lagani
Lagani Shiksha gif
एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीबी प्याकहरू



एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ ।

यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ । ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिदै प्रति दिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

Lagani Shiksha gif
sharehubapk एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ । यस अन्तर्गत ग्राहकहरुले पहिले कै मुल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०.५ जीबी डेटा खरिद गरि दैनिक १.५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन् ।

पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए । अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए ।

त्यसैगरि एनसेलका ग्राहकले अब मात्र रु ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् । यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले *१७१२३*१# डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् ।

दैनिक जीबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरु र थप गरिएका डेटा भोल्युमहरुले ग्राहकहरुलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस