×
Lagani
Lagani Shiksha gif


शुक्रबार साँझ प्रकाश सपुतको नयाँ गित पिर सार्बजनिक भयो।

गित सार्बजनिक भएको २४ घण्टा नपुग्दै विवादित बन्यो । कतिपयले यो गीत वास्तबिकता बोकेको भनेका छन भने माओवादि समर्थकले माओवादी महिला छापामारलाई यौनव्याबसाय गरेको भन्ने आरोप लगाएको भनेका छन्। गीतमा नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’पछि राजनीतिक पार्टीमा भएको परिवर्तनको विषयलाई समेटिएको छ।

Lagani Shiksha gif
sharehubapk किन विवादित बन्यो प्रकाश सपुतको पिर ( भिडियो सहित )

युट्युबमा राखेको केही घन्टामै भिडियो चार  लाख भन्दा बढीले हेरिसकेका छन् । माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । कतिपयले यो भिडियोले यथार्थ बोकेको कारण भिडियो हटाइन सक्ने भनेर सबैले भिडियो हटाउन भन्दा अगाडीनै हेर्न भनेका छन्।

प्रकाश सपूत को यो भिडियो हेर्नेको मन एक चोटि नेपाल को इतिहास तिर पक्कै जाला । बिकास का नाम मा यो मात्र हैन कैयौं (२००४ देखि ) काम भए तर अझै आउन सकेन । परिवर्तन आउने कहिले उइ त छ जस्तो पहिले अहिले उस्तै अझ पहिलो आत्मनिर्भर थिए अहिले त्यो पनि छैन । एक्दम गजाब को प्रस्तुति ” भिडियो हेर्ने दर्शकको भनाइ।

एकजनाले सामाजिक संजाल फेसबुकमा गीतको बिरोध गर्दै लेखेका छन् ” पुर्व माओवादी महिला छापामारलाई यौन ब्यबसाय गरेको भन्ने आसयको भिडियो प्रशारण गर्ने गायक प्रकाश सपुतलाई सामाजिक बहिस्कार गरौं ।

महान् जनयुद्धमा आफ्नो ज्यानको बाजी थापेर समाज परिवर्तनका खातिर लडेका चेलिबेटी लडाकुको हालको अवश्थालाई नकारात्मक ढंगले “वेश्यावृती” मा लागेको भनि भिडियोमा गरिएको चित्रण अत्यन्तै आपत्तिजनक छ। प्रकाश सपुत आफै दलित समुदायका ब्यक्ति हुन् र उनले के बुझिनुपर्दछ भने हिजो तिनै चेलीहरु बन्दुक बोकेर सामन्ति समाजका विरुद्ध मर्न तयार नभएका भए आज प्रकाश सपुतले छोएको यो समाजले खाने थिएन हेक्का रहोस्। माओवादी आन्दोलनलाई गलत भनेर ब्याख्या गर्ने प्रकाश सपुत को हुन्? सम्बन्धित निकायको ध्यान जाओस र गित बन्द गरियोस्।

गीतको बिरोधमा अर्का व्यक्तिले फेसबुकमा लेखेका छन् ” गलत लाई गलत र सहि लाई सहि भन्ने पर्छ।  महान् जनयुद्धमा आफ्नो ज्यानको बाजी थापेर समाज परिवर्तनका खातिर लडेका चेलिबेटी लडाकुको हालको अवश्थालाई नकारात्मक ढंगले “वेश्यावृती” मा लागेको भनि भिडियोमा गरिएको चित्रण अत्यन्तै आपत्तिजनक छ। प्रकाश सपुत आफै दलित समुदायका ब्यक्ति हुन् र उनले के बुझिनुपर्दछ भने हिजो तिनै चेलीहरु बन्दुक बोकेर सामन्ति समाजका विरुद्ध मर्न तयार नभएका भए आज प्रकाश सपुतले छोएको यो समाजले खाने थिएन हेक्का रहोस्। माओवादी आन्दोलनलाई गलत भनेर ब्याख्या गर्ने प्रकाश सपुत को हुन्? सम्बन्धित निकायको ध्यान जाओस र गित बन्द गरियोस्।

जनयुद्धमा कतिले ज्यान गुमाए भने कति घाइते भए  तर त्यसको फाइदा केहिले मात्र लिएका छन् भनेर यो गीतले जनाएको छ।  प्रकाश सपुतको शब्द तथा संगीतमा रहेको गीतमा सम्झना भण्डारीले पनि  स्वर दिएकी छिन्। गीतको भिडियोको कथा र निर्देशन पनि सपुतले नै गरेका हुन् भने  भिडियोलाई सह निर्देशन सुनिल विकेले गरेका छन्। भिडियोमा सपुतसँगै सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन, पुष्पा अवस्थी, विशाल घिमिरे र प्रविष्टी बिकको अभिनय रहेका छ।

यस्तो छ भिडियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस