×
Lagani
Lagani Shiksha gif
रिज लाइन इनर्जीले झण्डै २१ करोड बराबरको आईपीओ निष्काशन गर्ने



रिज लाइन इनर्जीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौता मंगलबार सम्पन्न गरेको हो ।

Lagani Shiksha gif
sharehubapk रिज लाइन इनर्जीले झण्डै २१ करोड बराबरको आईपीओ निष्काशन गर्ने

सम्झौतामा रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस