×
आईपीओ निष्कासनको तयारीमा रहेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो छ वित्तीय अवस्था !



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणको निम्ती प्राथमिक शेयर अर्थात आईपीओ जारी गर्ने भएकोे छ । हाल वित्तीय संस्थाले प्रदेश नं. ३, ४, ५, ६ र ७ मा रहेका ७४ वटा शाखाहरु बाट ८४ हजार सदस्यहरु बाट २ अर्व ६ करोड वचत संकलन गरी ३ अर्व ८४ करोड लगानी गर्न सफल रहेको छ ।

अघिल्लो आवमा कम्पनीले रू. १ करोड ७५ लाख ५९ हजार खुद नाफा कमाएको थियो भने  गत आवको चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा रू. १० करोड ४३ लाख खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ५ दशमलव ९४ गुणा बढी  हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ भने आईपीओ निष्कासन पछि उक्त पूँजी रू. १६ करोड पुग्नेछ । अघिल्लो आवको कम्पनीले रू. ११ करोड ३८ लाख ४४ हजार खुद ब्याज आम्दानी गरेको थियो भने गत आवमा  रू. २५ करोड ९५ लाख ७७ हजार पुगेको छ ।

मर्जर पश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अधिकृत पुँजी रु २५ करोड रहेको छ साथै जारी पूँजी रु १६ करोड र चुक्ता पूँजी रु १० करोड ७८ लाख रुपैया रहेको छ । वित्तीय संस्थाले आर्थि वर्ष २०८१/२०८२ को अन्त सम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १,९५,००० जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ ।

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।  कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआईआर बिबि रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।

संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

Quaterly Report Ashar 2078 page 001 scaled आईपीओ निष्कासनको तयारीमा रहेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो छ वित्तीय अवस्था !

कम्पनीले प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
सुश्मा बि क
Guest
सुश्मा बि क
November 8, 2021 4:37 pm

धेरै राम्रो लगेको सङै गर्भ महसुश पनि भैराको छ सोही कार्यालयमा काम गर्न पाउँदा
IPO खुल्दा त झन खुशी लगेको छ
यो सङ सङै अझै पर्गतिको कामना गर्दछु
जय जाल्पा देबि🙏🙏

Last edited 2 years ago by सुश्मा बि क

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस