विश्वमा आजः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहारदेखि ह्वाइट हाउस निर्माण सुरू

आज १३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटनाः

मौरीसका राष्ट्रपतिमाथि गोली प्रहार : सन् २०१२ मा मौरिससका राष्ट्रपति मोहमद ओउल्ड अब्देल अजिजमाथि गोली प्रहार भएको थियो । सेनाले भूलवंश गोली चलाएको अनुसन्धानको क्रममा खुलेको थियो ।

कोइला खानीमा पुरिएका व्यक्तिको ६९ दिनपछि उद्दार: सन् २०१० को ५ अगस्टमा चिलीको कोपिआपोकोमा १२१ वर्ष पुरानो तामा खानी भत्किदा ३३ जना मजदूर  खानीभित्र पुरिएका थिए । तीमध्ये ३२ जनाको तत्कालै उद्दार गरिएको थियो । तर, खानीभित्र फँसेका सान जोसको ६९ दिनपछि उद्दार गरिएको थियो ।

ह्वाइट हाउस निर्माण सुरू: अमेरिकी राष्ट्रपतिको अहिलेको कार्यलय ह्वाइट हाउसको निर्माण कार्य सन् १७९२ मा सुरू भएको थियो । आइरल्यान्डका बस्तुकलाबिद जेम्स होबनले ह्वाईट हाउसको डिजाइन गरेका थिए । निर्माण सुरू गरेको ८ वर्षपछि सम्पन्न भएको ह्वाईटहाउसमा पहिलो पटक सन् १८०० को १ नोभेम्वरमा तत्कालिन राष्ट्रपति जोन एडम्स बसेका थिए ।

पत्ता लाग्यो पुच्छ्रे तारा : फ्रान्सेली अन्तरिक्षयात्री चाल्र्स मेसियरले सन् १७७३ को १३ अक्टोबरमा पुच्छ्रे  तारा पत्ता लगाएका थिए । पुच्छ्रे ताराको नाम ह्विरपोल ग्यालेक्सी दिइएको थियो ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।