शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । धितोपत्र निष्कासन सम्बन्धी सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतम भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालक तुलसीराम ढकाल, सीताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठलगायत उपस्थिति थिए ।
सम्झौता अनुसार कम्पनीले यहि वर्ष चैत्र मसान्त भित्र निष्काशनको सबै प्रकृया पूरा गरी जारी गर्ने लक्ष लिएको छ। यस अन्तरगत सर्वसाधारणको लागि चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ। कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ४० करोड रहेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
आवश्यक प्रत्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्रमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड , मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको हो।
















