GHL 218.5 -1.1 RMF2 9.21 -0.13 JOSHI 305 -6.8 LEC 276.8 -6 SPHL 666.9 16.9 MLBS 1532.3 -86.7 DOLTI 538 10 CYCL 1540 -7 UMHL 308 -4 SMB 1809 4 SRLI 443.1 -4.9 UNHPL 266 0 RNLI 495.5 1.5 SAMAJ 3321.1 1.1 SSHL 215 0.8 ADBL 367 -11.1 DLBS 1374 30 GBLBS 738 -10 GRDBL 743 5 MDB 630 -3.8 NTC 980.1 -2.4 NICGF2 8.78 -0.02 RFPL 532 11.1 GFCL 1051.1 6 SCBD 1111 6 MEN 631.1 -3.9 WNLB 2650 -80 PBD85 1079.9 19.9 JBLB 1534 -3 EDBL 645 -1.9 LICN 1995.9 -27.1 MANDU 885 -14 NICFC 8.97 -0.33 KBSH 2386 -9 OHL 925 -9 PBD84 1065 1.7 ALBSL 1040 -4 TSHL 909 -11 SWBBL 1065 2.1 UMRH 475 -1.9
×
कहालीलाग्दो मुगु दुर्घटनामा बाँचेका घाइते भन्छन्, ‘बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो थाहा छैन’



‘बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए ।

एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो । चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यस पछि के भयो थाहा छैन,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो ।

कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाखेरीको अवस्था बताएका हुन् । उनको भनाइमा चालकले राम्रै चलाएका थिए । ‘दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन,’ उनी सुनाउँछन् ।

मंगलबार अपराह्न भएको मुगु दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइएको छ । तीमध्ये चार जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका पाँचमध्ये तीन जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए ।

यसैगरी कोहलपुर पुर्‍याइएका थप एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले दिएको जानकारीअनुसार घाइते मध्ये ११ जना कोहलपुर शिक्षण अस्पतालमा र ५ जनालाई नेपालगन्ज शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस