चितवनमा पर्यटक बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

चितवनमा पर्यटक बोक्ने बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे तीन बजेको समयमा चौविसकोठीबाट पटिहानी्त्र्फ् जाँदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसको ठक्करबाट भरतपुर महानगरपालिका–७ विकास चोकमा पैदल हिँडिरहेका बालकको मृत्यु भएको हो ।

बसको ठक्करबाट बालकको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीले भने घटनास्थलबाट उद्दार गरेर भरतपुर अस्पताल पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको बताएको छ । प्रहरीले बालकको पहिचान खुलाएको छैन ।

विकास चोक बस्ने ४६ वर्षीया मामाघरकी हजुर आमा सूर्यकुमारी लामिछानेसँग बाटोमा हिँडिरहेका बालकलाई बसले ठक्कर दिएको हो । स्थायी घर माडी भएका बालक मामाघरमा बसेर पढ्दै आएका थिए ।  दुर्घटना देखेर बालककी हजुर आमा लामिछाने अचेत बनेकी छन् ।

उनको शरीरमा बाहिरी चोट भने नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । बस चालकलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।