×
मन्त्री भएकै पहिलो दिन झाँक्रीले लिइन यस्तो एक्सन, चुलियो सर्वत्र चर्चा !



नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले पहिलो एक्सन आफ्नै श्रीमानमाथि लिन लागेको खबर छ । उनले आफ्ना श्रीमानको सरुवा गरेर आफू मातहतको मन्त्रालयमा तान्न लागेकी हुन् ।

उनी पहिलो पटक मन्त्री बनेकी छन् । विद्यार्थी राजनीतिबाट नेपालको मुलधारको राजनीतिमा प्रबेश गरेकी झाँक्रीलाई मन्त्री बन्न पार्टी नै फुटाउन परेको छ ।पार्टी फुटेपछिको पहिलो सरकारमा नै झाँक्रीले शहरी विकास मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयको बागडोर सम्हाल्न पुगेकी छन् । अरु जस्तो उनलाई मन्त्रालय चलाउन खासै समस्या हुने छैन् ।

किन भने उस्तै प्रकृतिको मन्त्रालयको उपसचिव छन् उनको श्रीमान् । झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव छन्।भौतिक मन्त्रालयकै छेउ भएर झाक्रीले सम्हाल्ने सहरी विकास मन्त्रालय पुगिन्छ। पुरीलाई सरुवा गरेर सहरी विकास मन्त्रालय ल्याउने उनको तयारी छ ।

कुनै मन्त्री सफल हुनका लागि कर्मचारीको सबैभन्दा ठूलो हात हुन्छ । त्यसमा पनि सचिवालयमा काम गर्ने सरकारी तर्फको स्वकीय सचिवको भुमिका झन महत्वपूर्ण हुन्छ ।उनको स्वकीय सचिव बनाउन सम्भव नभएपनि महत्वपूर्ण विभागमा ल्याएर कामलाई सहज बनाउन सकिने बुझिएको छ ।

नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । त्यही साथका कारण झाँक्री गाँठि भन्त्रालय पाएकी छन् । झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन् । उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन् ।

यस अघि उनको स्वास्थ्य र पर्यटन मन्त्री बन्ने चर्चा भएको भएपनि अन्तत उनी शहरी विकास मन्त्री बनेकी हुन् । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस