×
आज देखि निस्कासन भयो ९० करोडको आईपीओ , कति दिने आवेदन ?



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेर बाँडफाँट सकेको मध्य भोटेकोशीले आज देखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको  छ ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।कम्पनीले सर्वसाधारणको लागि ९० लाख कित्ता निस्कासन गर्न लागेको हो।

सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा विक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगाबाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गररहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।  सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ganga ram lama
Guest
Ganga ram lama
October 6, 2021 3:41 pm

Sindhupalchok baasile paune hoki haina.maile prabhabhit share aabedan dina paaena.ahile paauchhaki paaudaina.

नेप्से बजार
Member
October 6, 2021 7:02 pm
Reply to  Ganga ram lama

ekpatak bhari sakeko le mildaina



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस