छ्याङ्दी हाइड्रोपावरले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगमा आवेदन दिएको छ ।
छ्याङ्दी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद सेयरपछि पुनः ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगसँग स्वीकृति मागेको हो ।
कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना (४ मेगावाट)को लागतमा कोभिड १९ ले भएको बन्दाबन्दी र बाढी पहिरोका कारण वृद्धि भएको कम्पनीले जनाएको छ ।
सो आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम दीर्घकालीन ऋण सोही आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंकबाट माग गर्ने र हकप्रद सेयर निष्कासन गरी भुक्तानी गर्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments