×
Lagani
Lagani Shiksha gif
चितवनमा पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटियो , कुलमानविरुद्ध नाराबाजी



चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ ।

पाल विद्युत प्राधिकरण भरतपुरले पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिएको जनाएको छ ।भोजाडस्थित १३२ केभी सवस्टेशनबाट निकालिएका तारहरु वितरण केन्द्रको प्रमुखसहितका कर्मचारीले काटेका हुन् ।

Lagani Shiksha gif
sharehubapk चितवनमा पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटियो , कुलमानविरुद्ध नाराबाजी

सेवा प्रदायकले टावरको भाडा नियमित तिरिरहेको भएपनि पोल भाडा भने तिरेका छैनन् । नेपाल टेलिकम र एनसेलबाहेकका इन्टरेनटका तारहरु काटिएको छ ।

प्राधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । प्राधिरणले उपलब्ध गराएको समयसम्ममा पनि सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट तार काटिएको प्राधिकरणले जनाएको छ ।

चितवनमा इन्टरनेटको लाइन काटिएपछि इन्टरनेट सेवा प्रदायिक कम्पनीहरु आन्दोलित भएका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुरको कार्यालय अगाडि आज (शनिबार) दिउँसो उनीहरुले आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस